प्रधानमन्त्रीले गरे मोर्चासँगको बैठक रद्ध

चैत २८, काठमाडौँ । मधेसी मोर्चासँग संविधान संशोधनबारे छलफल गर्न सोमबार बिहान १० बजे बालुवाटारमा बोलाइएको बैठक रद्द भएको छ । मोर्चाका शीर्ष नेताहरु बालुवाटार जाने तयारी गरिरहेकाबेला प्रधानमन्त्रीको सचिवालयले बैठक रद्द भएको सूचना दिएको हो ।
मोर्चाका केही नेताहरुले आफूहरुलाई बार्तामा बोलाएको बताए पनि केही नेताले वार्ताबारे जानकारी नभएको बताएका थिए । मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबारको वार्ताबारे आफूहरुलाई कुनै जानकारी नभएको बताउनु भयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने आफूहरुलाई बैठकमा बोलाएर अकस्मात बैठक स्थगित गरेको सूचना आएको जानकारी दिनुभयो ।