वरियता विवादले सर्यो मन्त्रिपरिषद् बैठक

 

चैत २४, काठमाडौँ । उपप्रधानमन्त्रीद्धय विमलेन्द्र निधि र कमल थापाको वरियता विवाद नमिल्दा बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक अब आइतबार मात्रै बस्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच बरियता विवाद भएपछि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रचण्ड सरकारमा दोस्रो वरियतामा हुनुहुन्थ्यो । प्रधानमन्त्री भारत गएका बेला उनले नै कार्यबाहकको जिम्मेवारी सम्हाल्नुभयो ।
तर, पछिल्लो पटक राप्रपा अध्यक्ष थापा उपप्रधान तथा स्थानीय विकासमन्त्री बनेपछि भने उहाले आफूलाई दोस्रो वरियता दिने सहमति भएको दाबी गर्नुभयो ।