टेलिभिजन र रेडियो नियमन गर्न छुट्टै निकाय ः सञ्चारमन्त्री

चैत २४, काठमाडौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताउनुभएको छ । प्रविधि पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
“मन्त्रालयअन्तर्गतको अलग्गै विभाग बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो – “अनि विभागले टेलिभिजन र रेडियोको सबै काम गर्छन् ।” मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गर्नुभयो ।