कपनको एक पसलमा आगलागी

चैत्र २४, काठमाडौँ । कपनस्थित मिलनचोकको एक मःम पसलमा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको छ । बौद्ध वृत्तका डिएसपी विपिन रेग्मीका अनुसार पसलमा रहेका ६ मध्ये दुईवटा सिलिन्डर पड्किएका थिए । समयमै आगलागी निभाइएका कारण अन्य चार ग्यासका सिलिन्डर पड्किन पाएनन् । डिएसपी रेग्मीका अनुसार आगलागीमा अनुमानित पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ ।