नारायणगढ–मुग्लिङ सडकखण्डको काम सक्न अझै एक बर्ष लाग्ने

 

चैत २३, काठमाडौँ । नारायणगढ–मुग्लिङ सडकखण्डको निर्माण कार्य सकिन अझै कम्तिमा एक वर्ष लाग्ने भएको छ । ०७४ जेठ १५ मा सक्ने गरी निर्माण कार्य सुरु गरिएको भए पनि हालसम्म ४१ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति, चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने निर्माण कम्पनीका प्रतिनिधीहरुले विविध समस्याका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताएका छन् ।

स्तरोन्नति गर्न लागिएको ३२ किमि दूरीको सडकलाई ३ खण्ड बनाएर ३ निर्माण कम्पनीहरुले काम गरिरहेका छन् । बर्खाको समय नजिकिएकाले निर्माण कार्य प्रभाबित हुन सक्ने भन्दै निर्माण कार्यमा समय लाग्ने बताईएको छ ।