आइपिएल आजदेखि सुरु हुँदै

 

चैत २३ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको दशौं संस्करण आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन् । खेल हैदराबादको मैदान राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार राति ८ः१५ बजे पछि सुरु हुनेछ ।
टि–ट्वेन्टीका आधारमा खेलाइने लिगमा यसपटक ८ टोली सहभागि हुँदै छन् । सन् २००८ देखि सुरु भएको आइपीएलमा अहिलेसम्म चेन्नई सुपर किंगस, कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सले २–२ पटक उपाधि जितेका छन् ।
त्यस्तै, राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले १–१ पटक उपाधि जितेका छन् । राजस्थान पहिलो संस्करणको विजेता हो भने हैदराबाद डिफेन्डिङ च्याम्पियन हो । फाइनलमा सबैभन्दा बढी चार पटक चेन्नई पुगेको छ ।