त्रिभुवन विमानस्थलमा चितुवा आतंक

 

चैत २१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै आज विहान चितुवा आतंक मच्चिएको छ । विहान एक्कासी चितुवा विमानस्थलभित्र छिरेपछि आधा घण्टा उडानसमेत अवरुद्ध भएको थियो ।
विहान पौने ८ बजेतिर विमानस्थलमा चितुवा देखिएको विमानस्थल कर्मचारीले कर्मचारीहरुले बताएका छन् । विमानस्थलभित्रै देखिएको चितुवा खोजी कार्य भइरहेको छ ।
रनवे नजिकै ड्रेनबाट चितुवा विमानस्थलभित्र छिरेको थियो । केही समयअघि राजधानीको मध्य बानेश्वर तथा कीर्तिपुरमा पनि चितुवा आतंक मच्चिएको थियो । विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ ।