राप्रपाबाट निर्वाचन आयोगको कार्यलय घेराउका क्रममा तनाव

चैत ७, काठमाडौँ। निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबिच काठमाडौंमा झडप भएको छ । पार्टीको बिधान बाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको बिरोध गर्दै  निर्वाचन आयोग घेरा गने क्रममा राप्रपाका कार्यकर्ता र प्रहरी बिच झडप भएको हो ।
शान्तिबाटिकामा भेला भएर कान्तिपथतर्फ अघि बढेका राप्रपाका कार्यकर्तालाई प्रहरीले रोकेपछि तनाव सुरु भएको थियो । प्रहरीको घेरा तोडेर अघि बढ्न खोेजेपछि प्रहरीले लाठी चार्ज साथै अश्रुग्यास प्रहार गरेको थियो भने प्रर्दशनकारीले ढुङ्गा हानेका थिए ।
झडपलाई नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास प्रहार गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । झडपका क्रममा  राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा सहित राप्रपाका केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि राप्रपाका कार्यकर्ताहरुले सडकमै आगो बालेर प्रदर्शन गरिरहेका छन् ।
संविधानको व्यवस्था देखाएर निर्वाचन आयोगले शुक्रबार राप्रपाको विधानबाट ‘हिन्दू राष्ट्र र राजतन्त्र’ हटाएको थियो।