मोर्चाले निर्णय बदल्यो

चैत १, काठमाडौँ। मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । सरकारलाई दिएको अल्टिमेट मंगलबार सकिने भएपछि आन्तरिक छलफलमा जुटेको मोर्चाले औपचारीक रुपमा त्तकाल सरकारको सर्मथन फिर्ता नदिने निर्णय गरेको हो ।
तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले समर्थन फिर्ता लिएको पत्र अहिले नै सभामुखलाई नबुझाउने बताउनुभयो । राजनीतिक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान छ । सप्तरी घटनापछि मोर्चाले सरकारलाई सात दिनको समयसिमा दिएर माग पुरा नभए समर्थन स्वत फिर्ता हुने चेतावनी दिएको थियो ।
परिमार्जन सहित संविधान संसोधन गर्नुपर्ने, स्थानीय तहको निर्वाचन स्थगन लगायतका माग राखि सात दिने अल्टिमेटम दिएको मोर्चाले अन्तिम समयमा निर्णय बदलेको हो । तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले प्रचण्ड सरकारलाई दिएको समर्थन ‘राजनीतिक रुपमा’ भने  फिर्ता लिइएको बताउनुभयो ।