आजबाट मतदाता शिक्षा तालिम सुरु

 

चैत १, काठमाडौँ। निर्वाचन आयोगले आज बाट मतदाता शिक्षा तालिम सुरु गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोगले काठमाडांैमा पहिलो चरणको मतदाता शिक्षा तालिम सुरु गरिएको हो । मतदाता शिक्षा तालिम तिन चरणमा संचालन गर्ने कार्ययोजना अनुरुप पहिलो चरणमा ३० जना मुख्य प्रशिक्षकलाई दुइ दिनका लागि तालिम दिन थालिएको हो ।
यस पछि दोस्रो चरणमा ३० जना मूख्य प्रशिक्षकले क्षेत्रीय प्रशिक्षकलाई तालिम दिनेछन । तयस्तै क्षेत्रीय प्रशिक्षकले जिल्ला तहलाई मतदाता शिक्षा तालिम दिइने व्यवस्था गरिएको छ ।सबै जिल्ला तहले प्रशिक्षण लिएपछि आम मतदाताका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको  छ । त्यसका लागि २१ हजार मतदाता शिक्षा स्वयमसेवक परिचालन हुनेछन ।
स्थानीय तहको निर्वाचन र निर्वाचनसम्बन्धि व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले मतदाता शिक्षा तालिम  सुरु गरिएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले बताउनुभयो ।