चुच्चेपाटीको शिविर हटाइयो

१ चैत। काठमाडौंको चुच्चेपाटीस्थित ताराचौरमा बस्दै आएका भूकम्पपीडितको अस्थायी टहरा हटाइएको छ । गत साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि यहाँ बस्दै आएका करिब दुई सय परिवारलाई जिल्ला प्रशासन कार्यलय काठमाडौँले हटाएको हो ।

सरकारले उनीहरुलाई आफ्नै ठाउँमा पुनर्वासका लागि राहत रकम दिइसकिएकाले टहरा हटाइएको प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । चुच्चेपाटीमा पीडितभन्दा गैरपीडित बढी भएको र संख्या बढ्दै जाँदा अभद्र गतिवधि बढेको भन्दै प्रशासनले टहरा हटाएको हो ।
बसपार्कलाई लक्षित गरी पीडितका लागि बनाइएको टहरामा होटल र पसल खुल्ने क्रम बढ्दो थियो। बिना लगानी र टहरामा व्यापार व्यवसाय गर्न पाइने भएपछि मासु पसलदेखि भट्टीसम्म शिविरभित्रै खुलेका थिए।