स्थानीय निर्वाचन गर्न सिमांकन हेरफेर गर्नुपर्दैनः प्रधानमन्त्री दाहाल

१ चैत।  प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताउनुभएको छ । मधेशका माग पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताउदै उहाले तर, त्यसका लागि प्रदेशको सिमांकन हेरफेर गर्नुनपर्ने उल्लेख गर्नुभएको हो । उहाले वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न आग्रह समेत गर्नुभयो ।
स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिस्थिति अनकुल भए लगतै संविधान संशोधन विधेयक पास गर्ने बताउनुभयो ।
आफूले नेतृत्व गरेको सशस्त्र विद्रोहमा करिव १३०० मधेसी समुदायले सहादत प्राप्त गरेको भन्दै उनले मधेसका जायज माग सम्बोधन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।
आजै ललितपुर महानगरपालिका कार्यान्वयनको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहाललेस्थानीय तहको कार्यप्रारम्भ सँगै जनताले गणतन्त्रको उज्यालो अनुभुत गरेको बताउनुभयो । स्थानीय तहको कार्यान्वयन राजनीतिक परिवर्तनको ऐतिहासिक खुड्कीलो भएको उहाको भनाई छ ।

यसैबिच ललितपुर उपमहानगरपालिका आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । आज आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा बत्ती बालेर महानगरपालिकाको शुभारम्भ गर्नुभएको हो । सरकारले स्थानीय तह पुनसंरचना आयोगको सुझाव अनुसार नयाँ संरचना लागु गरेपछि ललितपुर उपमहानगरपालिका महानगरमा परिणत भएको हो ।