सेबोनबाट स्वृकृति पाएपछि सानिमा बैङ्कले १ करोड ५९ लाख बराबरको हकप्रद शेयर जारी गर्ने

 

चैत १, काठमाडौं –सानिमा बैङ्क लिमिटेडको हकप्रद शेयर फागुन ३० गते सेबोन बाट स्वीकृत पाएको छ । बैङ्कले १० बराबर ३ अनुपातमा १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद शेयर निष्कासनको लागि निवेदन दिएको थियो । बैङ्कको विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । बैङ्कले दोस्रो त्रैमासमा नाफा रू. ६२ करोड २४ लाख ११ हजार पुगेको छ । सोही अवधिमा बैङ्कको चुक्ताँ पूँजी रू. ५ अर्ब ३० करोड, मूल्य आम्दानी अनुपात २२ दशमलव ८० र प्रतिशेयर आम्दानी रू.२३ दशमलव ६५ रहेको छ ।