भारतीय उच्च अधिकारीसँग भेटघाट गर्न गृहमन्त्री निधि भारत जाँदै

फागुन ३०,काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत जान लागेका हुन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

भारतमा निधिले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नेछन्।
निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्ने उनका प्रेस संयोजक रामजी दाहालले जानकारी दिए । दहालका अनुसार निधिले कञ्चनपुरमा भारतीयको गोली लागेर मृत्यु भएकोबारे पनि कुराकानी गर्नेछन् ।