रामेछापमा २ पटक भुकम्पको धक्का

 

फागुुन १६, काठमाडौ–  एजेन्सी, गोरखा केन्द्रविन्दू भएर भूकम्प गएको दुई वर्ष पूरा हुन लाग्दा समेत परकम्प जाने क्रम रोकिएको छ। सोमबार बिहान ९.२२ मा ४.६ म्याग्निच्युडको परकम्प गएको छ। परकम्पको केन्द्रविन्दू रामेछाप रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले उल्लेख गरेको छ।
बिहान १०.०६ बजे फेरि अर्को परकम्प गएको छ। रामेछाप नै केन्द्रविन्दरु भएर गएको सो परकम्प ४.७ म्याग्नेच्युडको भएको केन्द्रले जनाएको छ।
२०७१ वैशाख १२ मा गोरखाको लाप्राक केन्द्रविन्दू भएर विनाशकारी भूकम्प गएको थियो। सो भूकम्पमा ९ हजारभन्दा बढीको ज्यान गएको थियो भने खर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो।