रोनाल्डोले बनाए नयाँ कीर्तिमान

 

काठमाडौ– फागुन  १६ रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले ला लिगा फुटबलमा नयाँ कीर्तिमानी बनाएका छन्। ला लिगा अन्तर्गत आइतबार राति भिल्लारियलविरुद्धको खेलमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले ला लिगामा पेनाल्टीमार्फत सवैभन्दा बढी गोल गर्ने खेलाडीको बनेका हुन्। यो खबर आजको अन्नपुर्ण  पोष्टमा छापिएको छ।

सन् २००९ मा रियल मड्रिडसँग आबद्ध भएयता रोनाल्डोले ५७ गोल पेनाल्टीमार्फत गर्दै नयाँ कीर्तिमान कायम गर्न सफल भए। नयाँ कीर्तिमानी बनाउने क्रममा रोनाल्डोले रियल मड्रिडकै ह्यूगो सान्चेज़को कीर्तिमानी तोडे। ह्यूगो सान्चेज़ले ला लिगामा पेनाल्टीमार्फत ५६ गोल गरेका छन्। रोनाल्डोको जारी सिजनमा ला लिगामा पेनाल्टीमार्फत पाँच गोल गरिसकेका छन्।

लिगामा पेनाल्टीमार्फत गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रोनाल्ड कोएम्यान छन् उनले ४५ गोल गरेका छन् भने चौथो स्थानमा लुवोस्लाभ पेनेभले ४४ गोल गरेका छन्। बार्सिलोनामा लियोनल मेसी भने ४३ गोलका साथ पाँचौं स्थानमा रहेका छन्।