स्वास्थ्य मन्त्री गगन थापाले गरे शरिरका सबै अङ्ग दान

 

 
काठमाडौं– स्वास्थ्य मन्त्री गगन थापाले आफ्नो शरिरका सबै अङ्गहरु दान गर्ने मन्जुरी दिएका छन् । मृत्युपश्चात् आफ्ना अङ्ग निकालेर अरुमा उपयोग गर्ने मन्जुरी पत्रमा मन्त्री थापाले आइतबार हस्ताक्षर गरेका हुन् ।
स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले अङ्ग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् । अङ्गदान गर्ने पत्रमा हस्ताक्षर गरेपछि मन्त्री थापाले भने, ‘मृत्युपश्चात खेर जाने मेरो अङ्गले धेरैको ज्यान बचाउन सकोस् भनेर अङ्ग दान गर्ने निर्णयमा पुगेको हुँ ।’ उनले अरुलाई पनि अङ्ग दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्न आग्रह गरे ।
कुनै एक व्यक्तिको मस्तिष्क मृत्युपछि उसका ८ वटा अङ्ग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मृत्यु भएमा मिर्गौला, फोक्सो, आँखा, प्याङ्क्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अङ्ग झिकेर अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । यस्ता अङ्ग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २४ घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा मानव अङ्ग दान गर्ने ऐन कार्यान्वयनमा आएपछि अंगदान गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ ।
मानव अंग प्रत्यारोपण ९नियमित तथा निषेध० ऐन मा मस्तिष्क मृत्युलाई मस्तिष्क स्टेम ९ब्रेन स्टेम० को मृत्यु भनेर परिभाषित गरेको छ। यसअनुसार मस्तिष्क मृत्यु शब्दले मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा अपरिवर्तनीय क्षति भएको अवस्थालाई जनाउँछ । यस्तै बिरामीको शरीरमा प्राकृतिक रूपमा श्वास–प्रश्वास नरहेको हुनुपर्छ । जसका लागि चिकित्सकले व्यक्तिको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ । परिक्षणका लागि बिरामीको परिवारको सदस्यको लिखित स्विकृत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ । मस्तिष्क मृत्युको सुनिश्चितताको लागि एकपटक परिक्षण गरी पुन ६ घण्टापछि स्वास्थ्य परिक्षण गर्नुपर्ने हुन्छ।
तर रोग निदान नभएको, शरीरको न्यूनतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा कम भएको, न्यूनतम रक्तचाप सिस्टोलिक ९० मिलिलिटर मर्करीभन्दा कम भए, आन्तरिक ग्रन्थीमा असन्तुलन भए, बिरामी लठ्ठ पार्ने औषधिको प्रयोगबाट मुच्र्छा परेको अवस्थामा चिकित्सकले बिरामीको मस्तिष्क मृत्यु भए नभएको परीक्षण गर्न पाउँदैनन् ।
चिकित्सकहरुका अनुसार दुर्घटना, ब्रेन ह्यामरेज, स्ट्रोकका कारण मस्तिष्क मृत्यु हुने गर्छ । रोग तथा अन्य संक्रमणका कारण मृत्यु भएका व्यक्तिको अंगहरुमा पनि संक्रमण हुने भएकाले त्यस्ता व्यक्तिको सबै अंग निकाल्न असम्भव रहन्छ । केही अंगहरु भने परिक्षणका माफर्त निकाल्न मिल्ने चिकित्सक बताउँछन् ।
तथ्यांक अनुसार काठमाडौंमा एक वर्षमा एक हजार मानिसको मस्तिष्क मृत्यु हुने गर्छ । एक जना मस्तिष्क मृत्यु भएकाहरूबाट दुई हजार मिर्गौला, दुई हजार फोक्सो, एक हजार कलेजो, एक हजार मुटु, एक हजार प्याङक्रियाज र २ हजार आँखाका नानी आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।