पूर्व अर्थ मन्त्री बर्षमान पुन ग्राण्डीबाट डिस्चार्ज, थप उपचारका लागि बैङ्कक जाँदै

काठमाडौं – उच्च ज्वरोका कारण ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालममा भर्ना भएका माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ मन्त्री बर्षमान पुन आज डिस्चार्ज भएका छन् ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्र राज पाण्डेका अनुसार पुनलाई थप उपचारका लागि बैङ्कक स्थित समितिभेज अस्पतालमा रिफर गरिएको छ । स्वास्थ्य सुधार नभएपछि उनलाई बैङ्कक रिफर गरिएको हो ।
उनको उपचारमा ग्राण्डी अस्पतालका डाक्टरहरु कन्सल्ट्यान्ट फिजिसियन तथा स्वास प्रश्वास रोग बिशेषज्ञ प्रा डा अर्जुन कार्की, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा रबी महत, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा प्रशान्त त्रिपाठी र कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा बिबेक शर्मा संलग्न थिए । उच्च ज्वरो आएपछि पूर्व मन्त्री पुन फाल्गुण ७ गते अस्पताल भर्ना भएका थिए ।