भारतबाट अवैध रुपमा भित्र्याइएको प्रतिबन्धित औषधि बरामद

 

फाल्गुन ६, रौतहट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याइएको ५ लाख रुपैयाँ बराबरको अवैध भारतीय औषधि बरामद गरेको छ । मोटरसाइकलमा अवैध रुपमा औषधि भित्राइरहेका दुई जना प्रहरीदेख्ने वित्तिकै फरार भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार भारतको घोडासहन बजारबाट औषधि खरिद गरी बाराको कचोर्वा हुँदै दुईवटा मोटरसाइकलबाट रौतहटमा ल्याँउदै गर्दा प्रहरीलाई देखेपछि उनीहरु भागेका हुन् । गस्तीमा रहेका प्रहरी टोलीलाई देख्नासाथ अवैध औषधि ओसारपसारमा संलग्न रहेका व्यक्ति फरार भएपछि प्रहरीले उनीहरुले ल्याएको समान बरामद गरेको हो । सशस्त्रले बरामद गरेको औषधिमा नेपालमा दर्ता नभएका गर्भपतनका औषधि र कम्बाइन एन्टिबायोटिक समूहका प्रतिबन्धित औषधि छन् ।