रुपन्देहीको नैना अस्पतालमा छापा, सञ्चालक पक्राउ

 

फाल्गुन ६,रुपन्देही– अवैध रुपमा सञ्चालित रुपन्देहीको एक निजी अस्पतालमा छापा मारेर सञ्चालकलाई पक्राउ गरिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईमा रहेको नैना अस्पतालमा प्रहरीको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले छापा मारेको हो।
जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख चूडामणि भण्डारीले दर्ता नगरी गैरकानुनी रुपमा सञ्चालित नैना अस्पतालले बिरामीको उपचार र शल्याक्रिया समेत गरेको भेटिएपछि कारबाही गरेको बताए।
पक्राउ परेका अस्पतालका सञ्चालक जेपी गुप्तालाई प्रहरी हिरासतमा राखिएको छ । अस्पतालमा कार्यरत चिकित्सक डा। विद्याशुक्ला र डा। सुरज गिरी भने फरार छन् । अस्पतालमा भर्ना भएका ६ जना बिरामीलाई एक्बुलेन्स मार्फत भीम अस्पताल पुर्याइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
विगत डेढ महिनादेखि सुरु भएको नैना अस्पतालमा आवश्यक उपकरण र सुविधाबिनै जथाभावी ढंगले बिरामीको उपचार भइरहेको भनी स्थानीयले दिएको उजुरीका आधारमा अस्पतालमा छापा मारेको भण्डारीले स्वास्थ्यखबरलाई बताए।