आमाछोरा, दिदीभाईले ज्योति मगरको प्रस्तुती कसरी झेले होलान् ?

 

बिशाल कार्की -दाङको तुलसीपुरमा माघ १३ गतेदेखि सुरु भएको मध्यपश्चिम व्यापारीक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेलामा २१ गते ज्योति मगरले देखाएको प्रस्तुतीलाई लिएर आयोजकको चर्काे आलोचना भइरहेको छ ।

ज्योतिको प्रस्तुती कत्तिको छाडा हुन्छ यस बारेमा सबैलाई थाहा छ । जुन यहाँ उल्लेख गरिरहनु आवश्यक नहोला ।

“लक्ष्य नै ५ लाख दर्शकले अवलोकन गर्ने , २ लाख टिकट विक्रि गर्ने साथै २० करोडको कारोवार र नाफा मात्र १ करोड गर्ने भनिएको थियो । महोत्सवको उद्देश्य त महोत्सवमा देखाइने वस्तु, सेवा र उत्पादनको विक्रि भन्दा ज्यादा प्रवर्द्धनमा केन्द्रीत हुनु पर्दछ । तर, महोत्सवको उद्देश्य नै पैसा मूखी ?”

मूल आयोजक समितिका सूचना तथा सञ्चार संयोजकले मिडियालाई दिएको समाचारमा लक्ष्य नै ५ लाख दर्शकले अवलोकन गर्ने, २ लाख टिकट विक्रि गर्ने साथै २० करोडको कारोवार र नाफा मात्र १ करोड गर्ने भनिएको थियो ।

महोत्सवको उद्देश्य त महोत्सवमा देखाइने वस्तु, सेवा र उत्पादनको विक्रि भन्दा ज्यादा प्रवर्द्धनमा केन्द्रीत हुनु पर्दछ । तर, महोत्सवको उद्देश्य नै पैसा मूखी ?

महोत्सवको आकर्षणको पहिलो बुंदामा राष्ट्रिय ख्याति प्राप्त तथा स्थानिय कलाकारको प्रस्तुती भनिएको थियो तर आयोजकलाई भ्रम नहोस् ज्योति मगर बढी आलोचित छिन् ख्याति भन्दा ।

“समितिले छलफलका लागि भनेर विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई समेत बोलाएको थियाे । तपाईहरुको छलफलले अर्धनग्न प्रस्तुती देखाउने ज्योति मगरलाई महोत्सवमा बोलाउने निर्णय गरेको थियो ?”

स्थानिय कलाकारले महोत्सवमा स्थान पाएका छैनन् होला । आफ्ना प्रतिभाले महोत्सवमा स्थान नपाएर निरास छन् होला । तपाईहरु ज्योति मगरको अपच्य प्रस्तुतीको सट्टा स्थानिय कलाकारको प्रतिभाको माध्यम बनेको भए सायद यति आलोचित र लक्ष्यदेखि त्यति टाढा हुनु हुदैन थियो ।

महोत्सवकाे मुख्य आयोजक समिति, उपसमिति समेत गठन गरिएका छन् । जसको संयोजकमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका बिमल रिजाल छन् । रिजाल ज्यु सतितिले महोत्सव बारे छलफलका लागि भनेर विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई समेत बोलाएको थियाे । तपाईहरुको छलफलले अर्धनग्न प्रस्तुती देखाउने ज्योति मगरलाई महोत्सवमा बोलाउने निर्णय गरेको थियो ?

“जसका कारण दिदी बहिनीहरु, आमा काकीहरु, हजुरआमाहरु प्रस्तुती हेर्न नसकेर आँखा छोप्न बाध्य भए ? जसका कारण २१ गते महोत्सव हेरेको भन्न पनि नसक्ने भए ? “

शरद रेग्मी समितिको सूचना तथा सञ्चार संयोजक हुनु हुँदो रहेछ । मैले भन्दा तपाईले धेरै अघिदेखि पत्रकारिता थाल्नु भएको हो । विभिन्न व्यक्तित्वहरुसँग साक्षात्कार गर्ने नेपालको लागि नयाँ कामको थालनी गरेको रिपोर्टरस् क्लव दाङ शाखाको अध्यक्ष भएर तपाई सक्रिय पत्रकारितामा हुनुहुन्छ ।

मैले भन्दा तपाईले पत्रकारिताका धेरै अभ्यास गरिसक्नु भएको छ । तपाई आयोजक अद्योग वाणिज्य संघ तुलसीपुरको प्रेस सल्लाहकार पनि हुनु हुन्छ । तपाईले मूल आयोजक समितिलाई कस्तो सल्लाह दिनु भयो । जसका कारण दिदी बहिनीहरु, आमा काकीहरु, हजुरआमाहरु प्रस्तुती हेर्न नसकेर आँखा छोप्न बाध्य भए ? जसका कारण २१ गते महोत्सव हेरेको भन्न पनि नसक्ने भए ?

तपाई झुट नै बोलेको भए यति बाटो रहन्थ्यो मैले नल्याउ भनेर अडान राखे तर साथीहरुले मानेन् । तर, यो कृपया बाहाना पनि नगर्नु होला किनभने तपाईले खुब्बै गज्जवको फेसबुक लाइभ पनि दिनु भएको रहेछ ।

दाङमा ज्याेतिकाे जालाे ।

दाङमा ज्याेतिकाे जालाे ।।।

Posted by Sharad Regmi on Friday, February 3, 2017

“रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्तै फेसबुक पनि आम सञचार कै एउटा माध्यम हो । धेरैसम्म पुग्छ जहाँबाट मान्छेहरु तपाईको विचारको मूल्यांकन समेत गर्छन् ।”

लामो समयदेखि पत्रकारितामा सक्रिय दाङका धेरै पत्रकारले अपच्य शब्द सहितको फोटो फेसबुकमा पोष्ट गरेका छन् ।

तपाई आफ्नो सञ्चारमाध्यममा यस्तो नै बोल्ने र लेख्ने गर्नु हुन्छ । अनि के फेसबुक व्यक्तिगत हो भन्दैमा फेसबुकमा जे लेख्दा पनि हुन्छ ?

रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्तै फेसबुक पनि आम सञचार कै एउटा माध्यम हो । धेरैसम्म पुग्छ जहाँबाट मान्छेहरु तपाईको विचारको मूल्यांकन समेत गर्छन् ।

“तुलसीपुर नगरकापिकाका सूचना अधिकारी झरेन्द्र खेरलाई पनि सोधे किन दाई महोत्सवमा ज्योतिलाई ल्याएर जात्रा गरेको, त्यो त हाम्रा दिदीबहिनी, अामा काकी गएर हेर्ने ठाउँ हो ?”

तपाईहरुको त थाहा भएन तर मेराे घरका, छिमेकका, गाउँका दिदी, बहिनी, काकी, आमा, हजुरआमा पनि महोत्सवमा हेर्न जानु हुन्छ । तर, दुई, चार जना अल्लारे ठिटाले जवानीको जोशमा हल्ला, खल्ला गर्नुलाई महोत्सवको सफलता नठान्नु होला ।

मैले आयोजक रहेको अर्काे सरकारी संस्था तुलसीपुर नगरकापिकाका सूचना अधिकारी झरेन्द्र खेरलाई पनि सोधे किन दाई महोत्समा ज्योतिलाई ल्याएर जात्रा गरेको, त्यो त हाम्रा दिदीबहिनी, अामा, काकी गएर हेर्ने ठाउँ हो ?

तर उहाँले आफू यस विषयमा अनभिज्ञ रहेको बताउनु भयो । उहाँ नगरपालिताको कार्य सम्पादनको जानकारी दिने व्यत्ति मात्र भएकाले मैले यस विषयमा धेरै प्रश्न गर्नु उचित ठानेन ।

“सायद यो बेला पनि धेरै छोराहरुले आमालाई लिएर महोत्सव हेर्न गएका थिए होला । दिदी बहिनीहरु सँग थुप्रै दाजु भाईहरु गएका थिए होला । अब कल्पना मात्र गर्नुस् ज्योति मगरले तुना फुकाएर देखाएको प्रस्तुती उनीहरुले कसरी झेले होलान् ?”

तपाईहरु कहाँ जन्मिनु भयो, त्यो त मलाई थाहा भएन तर म अनुमान गर्न सक्छु तपाई नेपाल मै जन्मिनु भयो । लामो समयदेखि दाङमा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

यस कारण यो पनि भन्न सक्छु तपाई दाङको सामाजिक पक्षसँग अपरिचित पक्कै पनि हुनुहुन्न । तपाईको परिवार पनि पक्कै त्यति खुल्ला नहोला ।

केही वर्ष अघि मैले आमालाई महोत्सव देखाउने भनेर लगेको थिए ।

सायद यो बेला पनि धेरै छोराहरुले आमालाई लिएर महोत्सव हेर्न गएका थिए होला । दिदी बहिनीहरु सँग थुप्रै दाजु भाईहरु गएका थिए होला । अब कल्पना मात्र गर्नुस् ज्योति मगरले तुना फुकाएर देखाएको प्रस्तुती उनीहरुले कसरी झले होलान् ? आयोजकलाई गाली गरे होलान् कि गरेनन् होला ?

“२३ गते (मिति नथपिएमा) मध्यपश्चिम व्यापारीक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला सफल भनेर समाचार प्रसारण, प्रकाशन नगर्नु होला, स्रोता, दर्शक र पाठक हास्न सक्छन् ।”

उनीहरु सबैले तपाई आयोजकहरुलाई चिनेका छैनन् । त्यसैले सबैले ज्योति र संस्थालाई मात्र गाली गरे । तर दोषि ज्योति सँगै तपाईहरुको पनि छ ।

दाङका सञ्चार माध्यमले यो विषयलाई कसरी हेरे । कस्तो समाचार प्रसारण गरे त्यो त मलाई थाहा भएन ।

तर २४ गते (मिति नथपिएमा) मध्यपश्चिम व्यापारीक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला सफल भनेर समाचार प्रसारण, प्रकाशन नगर्नु होला, स्रोता, दर्शक र पाठक हास्न सक्छन् ।

तुलसीपुर १२ टरिगैँ, हालः काठमाडौँ