सन्तोष को नयाँ एल्बम “काली” सार्वजनिक (हेर्नुहोस् भिडियो)

माघ २१ , काठमाडौंं – नेपाली गीत-संगित क्षेत्रमा डेढ दशकदेखि संघर्षरत गायक तथा संगितकार सन्तोष प्रगाढ आफ्नो नयाँ एल्बम ‘काली’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । एल्वममा भएको ‘जाउ काली भागेर डाडा पारी मेरो गाउ’ बोलको गीतको भिडियो आज सार्वजनिक गरेका छन् । गीतमा दिपकराज विश्वकर्माले शब्द संगीत भरेका छन । गीतको एरेन्ज गायक सन्तोष प्रगाढ आफैले गरेका छन । गीतमा गायिका टिका गुरुङले फिचरिङ गरेकी छन् ।

पूर्खौली थलो ताप्लेजुङ्ग भएपनि हाल राजधानी काठमाडौंमा संगित क्षेत्रमा व्यस्त प्रगाढको ‘काली ’आधुनिक पप एल्बम हो । गितमा पनि पोख्त प्रगाढ गायनमा पनि उत्तिकै सकृय छन् । यस अघि ‘माया रे माया ’ एल्बम बजारमा ल्याईसकेका प्रगाढ ‘काली ’मा अझै बढी मेहनत गरेकोले दर्शक तथा श्रोताले मन पराउनेमा विश्वस्त छन् । ‘धेरै मेहनत गरेको छु सायद दर्शक तथा श्रोताले मन पराउनु हुनेछ ।’

परिवारमा समेत सांगितिक माहोल भएकाले सानै देखि संगीतमा रमेका प्रगाढले २०६० सालदेखि गुरु कैलाश राई सँग संगितको प्रशिक्षण लिईरहेका छन् । फूयुजन समेत रहेको काली एल्बमाको शिर्ष गीत दुई प्रेमीहरुको कथा हो । ‘प्रेमिकालाई आफनो बनाउने धोको गीतमा समेटिएको छ ।’प्रगाढ भन्छन् ।

गीतको म्युजिक भिडियोको निर्देशन सोम कुस्कुमाझीले गरेका छन् । गीतको म्युजिक भिडियोमा नायक करण श्रेष्ठ र सन्ध्या भट्टराइले अभिनय गरेका छन् । एम क्रिउ टिमका नविन विकले कोरियोग्राफी गरेका छन् । एकान्त मगरले छायाँकन गरेको यो गीत काठमाडौको बुढानिलकण्ठको चपलि हाइट लगायतका विभिन्न स्थानमा छायाँकन गरिएको छ ।

नेपाली चलचित्र ‘एटिएम’मा समेत संगित दिईसकेका प्रगाढको संगीतमा अन्जु पन्तले स्वर भरेको तिमी त माया गर्ने मान्छे चर्चित गीत हो । कुनै पनि क्षेत्रमा संघर्ष आवश्यक छ भन्ने प्रगाढ संगित क्षेत्रमा पनि संघर्ष आवश्यक रहेको बताउँछन् । नेपाली चलचित्रमा दुई दर्जन बढी गीतमा संगित भरिसकेको प्रगाढ गायन नै पहिलो क्षेत्र रोज्ने भएपनि काठमाडौंको संघर्षले संगीतकार समेत बनाएको बताउँछन् ।

……हेर्नुहोस् भिडियो :