सरस्वती युथको विजयी सुरुवात

माघ २१, काठमाडौं – कप्तान दिपेश श्रेष्ठको उत्कृष्ट प्रदर्शनले गर्दा काठमाडौंको सरस्वती युथ क्लबले आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ।
सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजक माथि २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको सरस्वतीले खेलको २२ औं मिनेटमा एक गोलले अग्रता लिएको थियो। यो समाचार आजको नागरिक दैनिकबाट लिएको हो।

सरस्वतीका कप्तान दिपेश श्रेष्ठले डिबक्स भित्र मिलाएको पासलाई सदुपयोग गर्दै तीर्थ बस्नेतले बललाई बिपक्षीको जाली चुमाएका थिए। आक्रामक खेल खेलेको सरस्वतीले पहिलो गोलले अग्रता लिएको पाँच मिनेटमै अर्को गोल पेनाल्टी मार्फत थप्न सफल भयो।
खेलको २७ औं मिनेटमा आयोजकका अजय पौडेलले सरस्वतीका कप्तान दिपेश श्रेष्ठलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जोनम लिगलले गोल गरेका थिए ।

पहिलो हाफमै २–० ले पछि परेपछि आयोजक दवावमा देखिएको थियो। पहिलो हाफमा आयोजकका खेलाडीबिच तालमेलको अभाव देखिन्थ्यो। खेलको दोस्रो हाफमा सुधारिएर प्रदर्शन गरेको आयोजकले अवसरको सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो।
खेलको पतन्जली म्यान अफ दि म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए । उनले पाच हजार नगर प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार सिएमजि संकटा र एपिएफ क्लबबिच खेल हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । ए डिभिजनका पाच र मोफसलका पाच गरि १० टिमको सहभागीता रहेको प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार प्राप्त गर्नेछ । उपबिजेताले २ लाख ५१ हजार पाउनेछ ।
प्रतियोगितामा ए डिभिजनका त्रिभूवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र
सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए ।