बोर्डमा पुगे गुरुङ

काठमाडौं—नेपाल सरकार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यको रुपमा हेम बहादुर गुरुङ नियुक्ति भएका छन् । एस. ओ. एस म्यानपावर सर्भिसका अध्यक्ष समेत रहेका गुरुङलाई वैदेशिक रोजगार व्यावसायी तमुधी समाजले बिहिबार बधाई एवं शुभकामना व्यक्त गरेको थियो ।
राजधानीमा गरिएको कार्यक्रममा बोल्दै समाजका अध्यक्ष तिर्थ गुरुङले व्यावसयीका कठिनाईलाई ध्यानमा राख्दै आफ्नो दायित्व सकुशल निर्वाह गर्न गुरुङ सक्षम हुनुहुनेमा विश्वास रहेको बताए । बोर्डका नव नियुक्त गुरुङले चाहि २२ वर्ष लामो वैदेशिक रोजगार व्यावसायका अनुभव, ज्ञान र सिपलाई सके सम्म उपयोग गर्नेमा प्रतिबद्धता जनाए ।