आचार्यको लोकप्रिय गीत ‘चट्ट सलाम’को ‘म्युजिक ट्रयाक’ सार्वजनिक

माघ २०, काठमाडौंं –  अष्ट्रेलीयामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गायक समीर आचार्यको लोकप्रिय गीत ‘चट्ट सलाम’को ‘म्युजिक ट्रयाक’ सार्वजनिक भएको छ । सुदुर पश्चिममा बोलीले शब्दहरूकाे समेत मिश्रण रहेको यस गीतको ट्रयाक युट्युव मार्फत सार्वजनिक भएको हो ।

 

आचार्यकै शब्द रहेको यस गीतमा गायिका टिका प्रसार्इँले साथ दिएकी छिन् भने यसको म्युजिक भिडियो गएको मंसिर १६ गते नै युट्युव मार्फत सार्वजनिक भइसकेको छ । गीतको भिडियोमा नम्रता सापकोटा र नीराजन प्रधानको रमाइलो नृत्य देख्न सकिन्छ भने भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका छन् ।

‘यस युगल गीतको ट्रयाक सार्वजनिक गर्न धेरैले अनुरोध गर्नु भएको थियो’, गायक आचार्यले भने, ‘त्यही अनुरोधलाई ध्यानमा राखेर ‘चट्ट सलाम’को ट्याक सार्वजनिक गरेका हौँ । अब यस गीतको म्युजिक ट्रयाकमा गाउन चाहनेका लागि सहज हुनेछ ।’

 

गायक आचार्यका ‘हैन भन्देउन’, ‘दुनियाँ बेग्लै छ’, ‘फुटाएर छाती मेरो’, ‘शून्यतामा’ आदि गीत बजारमा आइसकेका छन् भने कुम्भ कर्ण फिल्ममा ‘कुटु कुटु यो मुटु’ बोलको गीत समावेश छ ।

……………म्युजिक ट्रयाक यहाँ छ