पहिचानका लागि कविता

काठमाडौं—कवि राजन मुकारुङ र विप्लब ढकालले राजधानीमा बिहिबार सामुहिक कविता वाचन गरे । सिमान्तकृत समुदायको अस्थीत्व र पहिचानको अपिल कवितामा गरिएको थियो ।
अनामनगरस्थित मण्डला थिएटरमा उन्मुक्त पुस्ताले गरेको कार्यक्रममा राजन र विप्लबले २० वटा कविता सुनाए । राजनले ‘रातभर बाडी आउदा’, ‘हट केक नायिकाको कन्फेसन्स’, ‘८ मार्च र भानुभक्त’, ‘ह्वाइट हाउसमा सम्मानीत हुदा’ कविता सुनाए भने
विप्लबले ‘भ्यागुताको विहे’, ‘फुर्सापात’, ‘पुर्खाको आत्मा’, ‘न्याउली रोयो निर्माया’, ‘अन्तिम बेञ्चबाट’, ‘चिसो पाल मुनि’, ‘कोटको टाँक’, ‘म अज्ञान

सहिद आएको छु’ र ‘सिलिकन सुन्दरी’ कविता वाचन गरे । राजन र विप्लबका कविताले समाज रुपान्तरण र क्रान्तिकारी विचारधारा समेटेको थियो । पहिचानको पक्षमा देखा पर्ने लेखक समेत रहेका राजनले पछिल्लो समय आफ्नो विचार र पहिचान प्रस्ट रुपमा राख्नु पर्ने बताए ।
यसलाई साथ दिइरहेका विप्लबले चाहि कविता मार्फत सिमान्तकृत पात्रको पक्षमा आफुले पनि थुप्रै सिर्जना रचेको सुनाए । अहिलेको साहित्य पनि यसै तर्फ मोडिएको उनले बताए । राजन र विप्लबका रचनाले दर्शकको मन जितेको थियो ।