लोकसेवामा आवेदनको म्याद थपियो।

 

माघ, १८ काठमाडौं — लोकसेवा आयोगमा आबेदन दिने ३ दिन म्याद थपिएको छ । तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु मर्कामा परेका कारण आवेदकहरुको समस्यालाइ मध्यनजर गर्दै म्याद थपिएको हो। गत पुसको अन्तिम बुधबार लोकसेवा आयोगले नायब सुब्बा पदका लागि आवेदन फारम खोलेको थियो । फारम भर्ने अन्तिम म्याद आज मंगलबारसम्म थियो । तर, दोब्बर दस्तुर तिरेर फारम भर्ने म्याद भने माघ २५ गतेसम्म थियो ।
वेबसाइटमा आएको समस्याका कारण अब दोब्बर दस्तुर तिरेर फारम बुझाउने म्याद पनि २८ गतेसम्म लम्बिएको छ ।