कर्मचारीको उमेरहद बढाउन लोकसेवा आयोगद्वारा अस्वीकार

माघ १९ ,काठमाडौं – कर्मचारीको उमेरहद दुई वर्ष बढाएर ६० वर्ष पुर्‍याउने गरी हुन लागेको निजामती ऐन संशोधनमा लोकसेवा आयोगले असहमति जनाएको छ। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। दुई वर्षसम्म असर हुने गरी हाल कायम रहेका ५८ वर्षको उमेरहद बढाएर ६० वर्ष बनाउने गरी सामान्य प्रशासन मन्त्रालयले विधेयक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो ।

मन्त्रिपरिषद्ले तत्काल उमेर बढाउँदा के असर पर्छ भन्दै लोकसेवा आयोगसँग परामर्श मागेको थियो ।
लोकसेवाले संघीय लोकसेवा आयोग गठनको तयारीमा रहेका बेला तत्काल कर्मचारीको उमेरहद बढाउन उपयुक्त नहुने सझाब दिएको छ।