उमेर हदबन्दीको विरोधमा नेविसंघ कार्यालयमा नाराबाजी

 

माघ,१८ — काठमांडौ त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा २८ वर्षे उमेर हदबन्दी कायम गरेको विरोधमा नेविंघका असन्तुष्ट नेता तथा कार्यकताहरुले केन्द्रीय कार्यालयमा नाराबाजी गरेका छन् ।

नेविसंघका असन्तुष्ट नेता तथा कार्यकर्ताले ‘हामी अरु केहि जान्दैनौँ, उमेर हदबन्दी मान्दैनौँ’’ लगाएतका नारा लगाएका थिए । उनीहरुले नेजिसंघकै केन्द्रीय समिति र त्रिविका उपकुलपतिविरुद्ध पनि नाराबाजी गरे । यो समचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

उमेर हदबन्दीको बिरोधमा नेविसंघले सोमवार उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेको छ । उपत्यकाका नेविसंघ इकाई अध्यक्षहरुको अग्रसरतामा १० क्याम्पसमा ताला लगाएको थियो । उनीहरुले क्याम्पसप्रमुख र सहायक क्यामपस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

नेविसंघको असन्तुष्ट  पक्षले त्रिचन्द्र, शंकरदेव, पद्यमकन्या, नेपाल ल, पशुपति बहुमुखी, पब्लिक युथ, सरस्वती बहुमुखी, पाटन संयुक्त, नेपाल कमर्श र शिक्षा क्याम्पसमा तालाबन्दी गरेको हो । त्रिविले स्ववियु चुनावको कार्यतालिका र आचारसंहिता समेत जारी गरिसकेको छ ।