नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा

माघ १३ , काठमाडौं – नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । बुधबार गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालयमा कार्यरत नारायणसिंह खड्का प्रहरी प्रधान कार्यालय कार्यविभाग विपद् व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । यस्तै ठूले राई प्रहरी प्रधान कार्यालयबाट, दिनेश अमात्य महानगरीय प्रहरी परिसर ललितपुरमा, धिरु बस्नते अध्चल प्रहरी कार्यालय भेरीबाट लागू औषध नियन्त्रण ब्यूरो, छबिलाल जोशी अञ्चल प्रहरी कार्यालय धौलागिरीबाट महानगरीय प्रहरी परीसर काठमाडौंमा सरुवा भएका छन् । विक्रम थापाको अवकाशसँगै जोशी काठमाडौं प्रहरी प्रमुख भएर आउन लागेका हुन् ।

यस्तै चर्चित एसएसपी महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् भने ललितपुर प्रहरी प्रमुख पिताम्बर अधिकारी अंचल प्रहरी कार्यालय मेचीमा सरुवा भएका छन् ।
सरुवाको पूर्ण विवरण हेर्नुहोस्