प्रधानमन्त्रीले रोके पुनर्संरचना प्रतिवेदन

माघ १३ , काठमाडौं – निर्वाचन आयोग र दलहरुसँग यही माघ १५ गतेभित्रै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषदमा पठाउन रोकेका छन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिवेदन अनुमोदनका लागि मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारी भइरहेका बेला दाहालले रोकेका हुन् ।
निर्वाचन आयोगले माघ १५ गतेसम्म निर्वाचनका लागि आवश्यक कानुन नबने, मिति घोषणा नभए र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा नल्याइए जेठ १५ भित्र निर्वाचन गराउन नसक्ने भन्दै आएको छ ।
यस्तो बेलामा आयोगको प्रतिवेदन अनुमोदन गरी कार्यान्वयनमा ल्याउनुको सट्टा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा लैजान रोकेका हुन् ।