‘पर्व’चलचित्रको काले दाइ गीतमा निश्चलले यसरी कम्मर मर्काए (हेर्नुस भिडियो)

 

काठमाडौं – चैत्र २५ गते रिलिज हुने घोषणाका साथ हाल धमाधम छायाँकनमा रहेको दिनेश राउत निर्देशित फिल्म ‘पर्व’ले आफ्नो प्रचारलाई अगाडी बढाउन पहिलो गीत रिलिज गरेको छ। फिल्मको ‘काले दाइ’ बोलको गीत रिलिज गरिएको हो।
चार दिन लगाएर छायाँकंन गरिएको गीतमा निर्देशक निश्चल बस्नेतले फिल्मकी अभिनेत्री माला लिम्बुसँग कम्मर मर्काएका छन्। सार्वजनिक भएको गीतमा नाच्नुका अलावा गाउने काम पनि स्वयम निश्चलले गरेका छन् भने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन्। लोक-आधुनिक फ्यूजनमा रेको गीतलाई फिल्मका निर्देशक दिने राउतले लेखेका हुन्। गीतमा संगीत भने कोशिश क्षेत्रीले दिएका छन्।

टीभी फिल्मको निर्माण र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्मको निर्माण भएको हो । फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा छन् ।
निकिता पौडेल र सुवास गिरीले मिलेर यो फिल्म बनाएका हुन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई राजेश श्रेष्ठले खिचेका हुन्। सस्पेन्स–थ्रीलर कथामा यो फिल्म निर्माण गरिने निर्देशक राउतले जानकारी दिएका छन्।

हेर्नुस भिडियो