मन्थलीमा ट्रक पल्टिएर दुई जनाको मृत्यु

पुस २८, रामेछाप – रामेछाप सदरमुकाम मन्थलीबाट बालूवा लिएर गाल्वा जाँदै गरेको बा ४ ख १७१५ नम्बरकोे मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति पकरबास २, ठांटीमा मिनीट्रक पल्टँदा भिरपानी १ का दीनेश माझी र कुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय जुगल मगर घाइते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको छ ।