लोकमानको जस्तै यो सरकारको पनि योग्यता पुग्दैनः केपी ओली

पुस २८,काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण जस्तै आलोचित भएको टिप्पणी गरेका छन्।

माओवादी केन्द्र र कांग्रेसको अपिवत्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रियानै गलत ढंगले भएकाले त्यसको परिणाम अहिले देशबासीले नै समस्या भोग्नुपरेको बताए। उनले सरकारको योग्यतानै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे।
बुधबार दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ओलीले यो सरकारले राष्ट्र हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे। लोकमान जसरी नाङिग्ए ,त्यसरीनै यो सरकार जनताबीच आफैं नाङिगदै गएको उनको जिकीर थियो।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गदै उनले भने,‘ सरकारको अहिलेसम्मको चालावाला निर्वाचन गराउन सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्धत छ।’
निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने, द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भईरहेको आरोप लगाए।
उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दाबी गरे। संशोधन विधेयक देश र जनताका हित विरुद्ध तथा केही मधेशी नेताको हितमा ल्याईएको उनको विचार थियो। ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने सल्लाह दिए।
पूर्वराजा ज्ञानेन्द्र शाहले दिएका व्यक्तव्य राजकीय हैसियत नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र आएको अभिव्यक्ति भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ ज्ञानेन्द्रको सार्वजनिक व्यक्तत्वप्रति उनको भनाई थियो.