चम्कीलो अनुहारका लागि कागती

सौन्दर्य स्वास्थ्य(एजेन्सी)—सुन्दर हुने चाहना कसको हुदैन र ? कालो होस या गोरो छाला । सफा र कोमल अनुहार भएको मन पराउछन महिलाहरु । यदि तपाई राम्री र सुन्दर देखिन चाहनुहुन्छ भने अब धेरै कस्मेटीकका सामाग्री प्रयोग गर्नु पर्दैन । घरमै सजिलै पाइने कागतीले नै अनुहार सुन्दर बनाउन सकिन्छ ।

प्रयोग गर्ने तरिका:
कागतीमा भिटामी सि हुन्छ । जसले अनुहार सधै मसाज गर्दा गोरो र चम्कीलो बनाउन सकिन्छ ।

१. लेमन फेश स्क्रब:    एउटा कचौरामा थोरै नुन राख्ने । त्यसमा थोरै कागतीको रस मिसाउने । अब त्यो पेस्टलाई मुखमा २ देखि ३ मिनेट सम्म सर्कुलर मुभमेन्टमा मसाज गरेर राख्नुहोस् । त्यसपछि मुहार धुनुहोस् । यस्तो अभ्यासले मृत कोषिकालाई निकालेर अनुहारमा चमक ल्याउछ ।

२. लेमन फेश टोनर फर ग्लो स्कीन:   एक चम्चा गीलिसिरिङ, एक चम्चा कागतीको रस र दुई चम्चा गुलाब जल मिसाएर पेस्ट बनाउने । यसलाई कटनको साहयताले अनुहारमा लगाउने र २० मिनेट पछि धुने । यसले मुखमा भएको दाग, धब्बा, डन्डीफोर हटाएर नरम र सुन्दर बनाउछ ।

३. लेमन फेशवास फेयरनेश फेश माक्स:    आधा कचौरा दहिमा थोरै कागतीको रस मिसाएर पनि पेस्ट बनाउन सकिन्छ । यसलाई आफ्नो अनुहारमा लगाएर १० देखि १५ मिनेपछि चिसो पानीले धुनुहोला । यसले तपाईलाई नरम र निशारयुक्त छाला पाउन सक्नुहुन्छ ।

४.लेमन मोस्चराईजर:   एक चम्दा कागतीको रसमा एक चम्दा दुध मिसाएर पेस्ट बनाउने । यो अनुहारमा लगाएर १५ देखि २० मिनेट पछि धुनुहोला । यसले तपाईको अनुहार मोस्चराईज रहन्छ ।

Comments are closed.