असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी

पुस २१ गते — काठमाडौं   मेलम्चीको पानि तोकिएको समयमा आइपुुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ ।  मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उहाँका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।  यो समचार आजको गोरखाापत्रबाट लिइइको छ।
सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ ।  सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ ।  डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ ।  सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ ।  यसले निर्धा्रित समयमा काम सम्पन्न हुने देखाएको छ ।
तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन समितिले निर्देशन दिएको छ ।  दुवाडी भन्नुहुन्छ, ‘ठेकेदारलाई पनि हामीले व्यवस्थापकीय क्षमतामा सुधार गर्न निर्देशन दिएको छौँ, उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने रहेछ, त्यसैले अहिले हामीले मौजुदा (जगेडा) उपकरण पनि लिएर राख्न भनेका छौँ । ’
हाल काम भइरहेको सिन्धु ग्याल्थुम खण्डमा कमजोर पहाड भएकाले ढिलो काम हुने हो कि भन्ने आशङ्का समितिलाई छ ।  कडाभन्दा कमलो चट्टानमा काम ढिला हुनेगर्छ ।  विस्फोट गर्दा कम चर्किने र माटो झरिहरने हँुदा काममा ढिलाइ हुनसक्छ ।  त्यस्तो अवस्था आइहाल्यो भने अलिकति पर सर्न सक्ने आँकलन दुवाडीको छ ।  उहाँ भन्नुहुन्छ, ‘प्राविधिक कठिनाइका कारण केही दिनपछि सर्ला तर हामी समयमै काम सक्दैछौँ र यसमा सबैको सहयोग पनि भइरहेको छ । ’ निर्माण कम्पनीसँग सन् २०१६ सप्टेम्बरसम्मको सम्झौता गरिएको थियो ।  काम सम्पन्न नभएपछि छ महिना थप गरियो ।  सुन्दरीजल र सिन्धु जोडिएपछि काममा निकै सहज भएकाले पनि समयमै सकिने बताइएको छ ।
सुरुङ निर्माणको कामसँगै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घरघरमा वितरणका लागि पाइप लाइनको काम पनि तीव्र पारिएको छ ।  उपआयोजना–२ अन्तर्गत पहिलो चरणको पाइपलाइन विस्तारको कार्य पनि सोही समय अगावै सम्पन्न गरिने भएको छ ।  आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारअन्तर्गत ६७० किमि गर्नुपर्नेमा ४७० किमि सम्पन्न भएको छ ।
निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, ‘पहिलो चरणको पाइपलाइन विस्तारको काम आगामी सात महिनाभित्रै सकिन्छ, हामीले रातदिन गरेर पाइपलाइन विस्तारको काम गरेका छौँ, सबै निकायबाट सहयोग भएको छ समयमै सकिन्छ, हाल दैनिक एक किमि विस्तार भइरहेको छ । ’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ ।  सुन्दरीजलबाट प्रमुख वितरण लाइन हँुदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्र (ट्याङ्की) को निर्माण अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।  ३३ किमि ठूलो पाइप बिछ्याइएको छ ।  मेलम्ची उपआयोजना २ अन्तर्गत दोस्रो चरणको पाइपलाई विस्तारमा थप सात सय किमि विस्तार गरिने छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ ।  तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ ।  याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमि सुरुङ खन्नुपर्ने हुन्छ ।  समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ ।असोजसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी
पुस २१ गते — काठमाडौं   मेलम्चीको पानि तोकिएको समयमा आइपुुग्ने सम्भावना बढेको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ निर्माणको काम अब ५.४ किमि मात्र बाँकी हुँदा २०७४ असोज महिनाअघि नै पानी ल्याउन सकिने अनुमान गरिएको छ ।  मेलम्ची खानेपानी विकास समितिले पनि सोहीअनुसार काम भइरहेको जनाएको छ ।
समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आफूहरू उपलब्धिनजिक रहेको र उत्साहित भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘२०७४ असारसम्म टनेल (सुरुङ) सम्पन्न गर्ने र बाँकी अवधिमा टनेलको फिनिसिङ गरेर असोज मसान्तसम्ममा पानी ल्याउने योजना छ । ’ उहाँका अनुसार अब टनेलको काम २० प्रतिशतमात्र बाँकी छ ।  यो समचार आजको गोरखाापत्रबाट लिइइको छ।
सुन्दरीजल–सिन्धु खण्डको सुरुङ जोडिइसकेको छ ।  सिन्धु–ग्याल्थुम र ग्याल्थुम–अम्बाथान खण्ड जोडिन बाँकी छ ।  डिसेम्बर महिनामा दैनिक करिब २० मिटरका दरले सुरुङ खनिएको थियो भने जनवरीबाट गति बढाउने समितिले जनाएको छ ।  सोही अनुपातमा सुरुङ खन्ने हो भने पनि अब ६ महिनामा सुरुङ खन्ने काम सम्पन्न हुनेछ ।  यसले निर्धा्रित समयमा काम सम्पन्न हुने देखाएको छ ।
तोकिएको समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई थप नयाँ उपकरण ल्याउन समितिले निर्देशन दिएको छ ।  दुवाडी भन्नुहुन्छ, ‘ठेकेदारलाई पनि हामीले व्यवस्थापकीय क्षमतामा सुधार गर्न निर्देशन दिएको छौँ, उपकरण पुराना भएकाले पटक–पटक बिग्रिने समस्या देखिएको छ, बिग्रेपछि मर्मत गर्न समय लाग्ने र नयाँ किन्न पनि महँगो पर्ने रहेछ, त्यसैले अहिले हामीले मौजुदा (जगेडा) उपकरण पनि लिएर राख्न भनेका छौँ । ’
हाल काम भइरहेको सिन्धु ग्याल्थुम खण्डमा कमजोर पहाड भएकाले ढिलो काम हुने हो कि भन्ने आशङ्का समितिलाई छ ।  कडाभन्दा कमलो चट्टानमा काम ढिला हुनेगर्छ ।  विस्फोट गर्दा कम चर्किने र माटो झरिहरने हँुदा काममा ढिलाइ हुनसक्छ ।  त्यस्तो अवस्था आइहाल्यो भने अलिकति पर सर्न सक्ने आँकलन दुवाडीको छ ।  उहाँ भन्नुहुन्छ, ‘प्राविधिक कठिनाइका कारण केही दिनपछि सर्ला तर हामी समयमै काम सक्दैछौँ र यसमा सबैको सहयोग पनि भइरहेको छ । ’ निर्माण कम्पनीसँग सन् २०१६ सप्टेम्बरसम्मको सम्झौता गरिएको थियो ।  काम सम्पन्न नभएपछि छ महिना थप गरियो ।  सुन्दरीजल र सिन्धु जोडिएपछि काममा निकै सहज भएकाले पनि समयमै सकिने बताइएको छ ।
सुरुङ निर्माणको कामसँगै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घरघरमा वितरणका लागि पाइप लाइनको काम पनि तीव्र पारिएको छ ।  उपआयोजना–२ अन्तर्गत पहिलो चरणको पाइपलाइन विस्तारको कार्य पनि सोही समय अगावै सम्पन्न गरिने भएको छ ।  आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारअन्तर्गत ६७० किमि गर्नुपर्नेमा ४७० किमि सम्पन्न भएको छ ।
निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, ‘पहिलो चरणको पाइपलाइन विस्तारको काम आगामी सात महिनाभित्रै सकिन्छ, हामीले रातदिन गरेर पाइपलाइन विस्तारको काम गरेका छौँ, सबै निकायबाट सहयोग भएको छ समयमै सकिन्छ, हाल दैनिक एक किमि विस्तार भइरहेको छ । ’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ ।  सुन्दरीजलबाट प्रमुख वितरण लाइन हँुदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्र (ट्याङ्की) को निर्माण अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।  ३३ किमि ठूलो पाइप बिछ्याइएको छ ।  मेलम्ची उपआयोजना २ अन्तर्गत दोस्रो चरणको पाइपलाई विस्तारमा थप सात सय किमि विस्तार गरिने छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ ।  तर दोस्रो चरणको परियोजना सुरु भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ ।  याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमि सुरुङ खन्नुपर्ने हुन्छ ।  समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ ।