श्रीदेवीकी छोरी फिल्म खेल्ने तयारीमा

 

मुंबई(एजेन्सी)—बलिउड स्टार श्रीदेवीले आफ्नो पालामा फिल्म क्षेत्रमा अभिनय र सौन्दर्य दुवै क्षमता देखाएर धुम मचाएकी थिइन् । दुई छोरीकी आमा भईसकेपछि उनी अहिले ओझेल परेकी छन् । तर, पनि बेला बेला फिल्म खेल्न भने छोडेकी छैनन ।यसै सन्दर्भमा अब उनी आफ्नी छोरीलाई समेत फिल्ममा सक्रिय गराउन थालेकी छन् । यसको छनक केहि दिन अघि उनकी छोरी जाहनवी कपुरले फोटो सुट गराएकी छन् ।

यसले के प्रस्ट हुन्छ भने उनी छिट्टै बलिउडमा इन्ट्री मार्दैछन् । सुन्नमा आएको छ जाहनवीले मराठी फिल्म ‘सैराट’ को हिन्दी भर्सनमा इशान खट्टरसंग डेब्यु गर्ने भएकी छन् । जाहनवीका बुवा बोनी कपुरले समेत एउटा अन्र्तवातामा भनेका छन् की छोरी फिल्म खेल्न तयार भएकी छन् ।करन जोहरले उनलाई फिल्म खेलाउन इच्छुक देखिन्छन् । जाहनवीको सह परिवारनै उनको फिल्मी करिअर सपोर्ट गर्न लागेको देखिन्छ ।