पाका कलाकार विष्णुभक्त रहेनन

पौष १९, काठमाडौं— पाका कलाकार विष्णुभक्त फुयाल अब संसारमा रहेनन । राजधानीमा मंगलबार ७९ वर्षे विष्णुको निधन भएको छ । लामो समय देखि रंगमञ्च र फिल्म क्षेत्रमा अभिनय गर्दै आएका उनले तीन दिन देखि जमलस्थित सांस्कृतिक संस्थानमा नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गरिरहेका थिए । यसै क्रममा मंगलबार अचानक विरामी परेपछि उनलाई विर अस्पतालमा उपचार गर्न लगिएको संस्थानका महा प्रवन्धक राजेश थापाले बताए । अत्याधीक मधुमेह बढेपछि उनको मृत्यु भएको हो ।