रामेछापमा पनि टोपि दिवस मनाइयो

पुस १७,रामेछाप – रामेछाप सदरमुकाम मन्थलीमा पनि ¥याली सहित नेपाली टोपि दिवस मनाईएको छ । ¥यालीमा जिल्लास्थित बिभिन्न राजनीतिक दल, उद्योगी ब्यबसायि, पत्रकारको सहभागिता थियो । अभियानकर्ताले आगामी बर्ष अझ भव्यरुपमा यो दिवस मनाउने बताएका छन ।

जागरुक युवा अभियान रामेछापले आयोजना गरेको कार्यक्रममा अधिबक्ता भम्क कँडेल, उद्योग बाणिज्य संघका माहासचिव जगन्नाथ दाहाल, नेपाली काङ्ग्रेस रामेछापका कार्यबहाक सभापति झप्पडराज भण्डारी, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल लगायतको सहभागिता उपस्थिति रहेको थियो । दिवसका अबसरमा दृष्टिबिहिनलाई ढाकाटोपि लगाएर सम्मान गरिएको छ ।