‘म तेश्रो पटक उठेको भए पनि निर्वाचन जीत्थे’–ओबामा

पुस १२, काठमाडौं –  अमेरिकन राष्ट्रपति बाराक ओबामाले ‘यदि तेश्रो पटक पनि चूनाव लड्न मिल्ने भए आफु विजयी हुने’ बताएका छन्। उनले आफ्ना सल्लाहलाई दिएको अन्र्तर्वातामा उक्त कुराको दाबि गरेका हुन्। ‘नियम अनुसार तेस्रो पटक पनि म निर्वाचनमा उठन मिल्ने भए म राष्ट्रपतिमा जित्ने सम्भावना थियो।’

अन्र्तवार्ता लगत्तै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टवी्ट गर्दै भनेका छन् ‘ओबामाले त्यसो भने पनि उनले निर्वाचनमा जित्न सक्दैन थिए।।’
ओबामाका पूर्व सल्लाहकार डेभिड एक्सेलरडको ‘पोडकाष्ट दि एक्स फाईल्स’मा प्रकासित भएको उक्त अन्र्तर्वातामा उन्ले डेमोक्रयाटिक पार्टिकी प्रत्यासी हिलारी क्लिन्टनको प्रसंसा गर्दै भनेका छन् ‘आश्चर्य लाग्दो पराजय भएपनि हिलारीले कठिन अवस्थामा पनि राम्राृ काम गरेकी थिइन।’
अन्र्तवार्तामा ओबामाले डेमोक्रयाटिक पार्टिलाई ‘खाली सिमान्तकृतहरुको पार्टिको रुपमा नभएर औषत अमेरिकनहरुको पार्टिको रुपमा स्थापित गराउनु पर्ने हुनुपर्ने’ धारण राखेका थिए।