ममताको नयाँ गीत “माया तिमी बिना” (भिडियो सहित)

काठमाडौं – “पोखरेलि कान्छी” एल्बम सहित बजारमा आउने तयारीमा रहेकी पोखरा निवासी ममता गुरुङ हाल काम बिशेष दुबईमा रहेकि छिन । तर उनको संगीतिक उपस्थिति भने निरन्तर रहेको छ । केहिले निर्देशन त कहिले अभिनयको पाटोमा अझै उनको परिचयको अब्बल पाटो उत्कृष्ट शब्द तथा संगीत गर्नु हो ।

केही गीतमा समेत आवाज दिएकि ममताको पछिल्लो समय गायिका मेलिना राइको स्वरमा रहेको ‘माया तिमी बिना’ बोलको गीत उत्कृष्ट भिडियो सहित सार्वजनिक भएको छ। ममता गुरुङकै शब्द तथा संगीतमा रहेको उक्त गीतमा ममताको साथमा निकेश ढुङ्गेललाई देख्न सकिन्छ । जयराम लामाको छायांकन रहेको उक्त भिडियोको सम्पादन प्रदिप दाहालले गरेको छ्न भने निर्देशन ममता गुरुङकै रहेको छ । एभरेष्ट ग्यालरीले बजार ब्यवस्थापन गरेको यो गीत छोटो समयमै चर्चा कमाउन सफल छ ।

हेर्नुस् भिडियो