इंग्लिस क्लब लिभरपुल र इंग्ल्याण्डका पूर्व कप्तान जेराडले सन्यास लिएका छन्

मंसिर १० – स्टिभन जेराडले खेल जीवनबाट सन्यास लिएका छन् । इंग्लिस क्लब लिभरपुल र इंग्ल्याण्डका पूर्व कप्तान जेराडले १९ वर्ष लामो खेल जीवनबाट सन्यास लिएका हुन् । ३६ वर्षका जेराडले लिभरपुलबाट सात सय १० खेल खेलेका छन् ।

_92434053_pa

उनले लिभरपुलबाट नौ उपाधि जितेका छन् । उनी सन् २०१५ मा लिभरपुलबाट एमएसएल क्लब एलए ग्यालेक्सी गएका थिए । उनी इंग्ल्याण्डको राष्ट्रिय टिमबाट एक सय १४ खेल खेलेका छन् । उनी राष्ट्रिय टिमबाट सबैभन्दा धेरै पटक खेल्ने इंग्ल्याण्डका चौथो खेलाडी हुन् । उनले ३८ खेलमा इंग्ल्याण्डको कप्तानी गरेका छन् । जेराडले भने ‘मेरो खेल जीवनमा धेरै चर्चा र माया पाएँ, त्यसका लागि आफूलाई निकै भाग्यमानी ठान्दछु ।’ उनले लिभरपुल, इंग्ल्याण्ड र एलए ग्यालेक्सीलाई धन्यवाद दिए ।।

 

लिभरपुलको जर्सीमा खेल्नु आफ्नो बाल्यकालको सपना रहेको र त्यो पूरा भएकोमा आफू निकै खुसी रहेको उनले बताएका छन् ।