बालुवाटारमा कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक जारी

मंसिर १०, काठमाडौं – प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु संविधान संशोधनको रणनीति बनाउन छलफलमा जुटेका छन् ।

Congress-Maoist-Meeting

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्तावको प्रतिवाद गरिरहेका बेला सत्ता सझेदार दलहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधनको प्रस्ताव दर्ताबारे छलफल चलिरहेको स्रोतले बतायो ।

 

मधेस केन्दि्रत दलहरुसँग विगतमा भएको सम्झौताअनुसार कांग्रेस र माओवादी केन्द्र मिलेर संविधानको तयारी गरेका छन् । तर, एमालेले भने संविधान कार्यान्वयन नगरी संशोधन गरेर देशलाई बिखण्डन गर्न खोजिएको भन्दै विरोध गरेको छ ।

 

बाल्वाटारमा जारी छलफलमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, मन्त्री रमेश लेखक र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।