नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्ट खुल्यो, यस्ता छन् त्यहाँ पाउने परिकार

15129897_1061668377286086_944568047_n

काठमाडौँ — नेपालमा पहिलो पटक ताइवानी रेस्टुरेन्टको स्थापना भएको छ । काठमाडौँको नक्साल भाटभटेनी नजिकै ताइवानीहरुले नै ‘हेप्पी ववल क्याफे रेस्टुरेन्ट’ संचालनमा आएको छ ।

15134270_1061668387286085_1509365723_n

ताइवानमा खानपिन तथा जीवशैलिमा कलम चलाएकी ताइवानी पत्रकार वाइ वाइ लगायतको टोलीले सो रेस्टुरेन्ट खोलेका हुन् । भुकम्प अघि काठमाडौँको ठमेलमा सुरु गरेको रेस्टुरेन्टमा भुकम्पले गर्दा छोड्न परेपछि उनी नेपालमा खालि नै बसेकी थिइन ।

15129780_1061668383952752_421069966_n

शनिबारदेखी संचालनमा आएको उत्तः क्याफेमा ताइवानमा अत्यादित रुचाइएका परिकार सहित नेपाली खान पनि पाइन्छ । विगत १० बर्ष देखी नेपालसंग नजिक रहेकी वाइ वाइले चाइनिज भाषामा नेपालसम्बन्धी एउटा पुस्तक पनि लेखेकी छन् । उक्त पुस्तक नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले पनि मन पराएका थिए ।

15086886_1061668367286087_568288394_n
केही समय भुकम्प पिडितको पिडामा मलम लगाउन व्यस्त ताइवानी नागरिक वाइ वाइले नेपालमा व्यवसायसंगै समाजसेवा पनि गर्दै आएकी छिन ।

15139329_1061668390619418_710610825_n

उनले नुवाकोट र काभ्रेमा गरि दुई दर्जन भन्दा वढि घर बनाई स्थानीय जनतालाई हस्तान्तरण गरिसकेकी छन् । उनलाई नेपालबाट पत्रकार तथा यूवा व्यावसायी शान्त शर्माले सहयोग गरिरहेका छन् ।

15139617_1061668373952753_169438964_n 15139755_1061668380619419_1835075107_n