त्रिदेशीय साझेदारीका लागि हामी छ्म : बेइजिङले

 

२ कार्तिक, काठमाडौं – चीनले आफू त्रिदेशीय साझेदारीका लागि खुला रहेको बताएको छ ।

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्ड, भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपति सी जिनपिङबीच अनौपचारिक सम्वाद भएको थियो । प्रतिक्षालयमा भएको उक्त भेटमा आफूले त्रिदेशीय साझेदारीको प्रस्ताव राखेको प्रचण्डले बताएका छन ।

चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा तीन देशका नेताबीच भेटवार्ता भएको तस्वीर आएको भन्दै त्रिदेशीय साझेदारीबारे प्रश्न सोधिएको थियो ।

जवाफमा प्रवक्ता हुवा चुनयीङले भनिन्, ‘नेपाल र भारत चीनको असल छिमेकी हुन् । हामीलाई विश्वास छ कि त्रिदेशीय साझेदारीले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रोत्साहन गर्दैन, क्षेत्रीय स्थिरता र विकासमा पनि योगदान गर्छ ।’

उनले अघि भनिन्, हामी नेपाल र भारतसँग मिलेर साझा विकासका लागि त्रिदेशीय सामझदारी कसरी विकसित गर्न सर्न सपकन्छ भन्ने पहिल्याउन चाहन्छौं ।

चीनले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको भन्दै प्रयोगात्मक रुपमा सहकार्य गर्न तयार रहेको बताएको छ । प्रचण्ड र सीको भेटमा दुबै पक्षले उच्चस्तरीय आदान प्रदानलाई बलियाने बनाउने, राजनीतिक सम्पर्क बढाउनु पर्नेमा जोड दिएको हुवाले बताइन् ।

बि्रक्स सम्मेलनका क्रममा राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भेट भएको चर्चा गर्दै प्रवक्ता हुवाले चीनले आफ्नो देशका ठूला कम्पनीहरुलाई नेपालका विशेष आर्थिक क्षेत्र र औद्योगिक पार्कहरुमा लगानी गर्न प्रोत्साहन गर्ने बताइन् ।

कनेक्टिभिटी, उर्जा विकास, स्वतन्त्र व्यापास सम्झौतामा दुबै पक्ष सहमतिमा पुगेको भन्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कार्यान्वयनमा चीनले जोड दिएको जानकारी दिइन् । साथै नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्न चीन तयार रहेको उनले बताइन् ।

प्रवक्ता हुवाले क्षेत्रीय तथा अन्तराष्ट्रिय संगठनहरुमा चीनसँग सहकार्य गर्ने नेपालले बचन दिएको दाबी गरिन् ।