अझै केही दिन हल्का वर्षा हुने

असोज २०,काठमाडौं – न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भई गएराती पनि विभिन्न स्थानमा वर्षा भएको छ ।
मङ्गलबार रातिदेखि विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले देशमा मध्य र पूर्वी भेगमा बढी असर देखिएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । न्यूनचापीय प्रणाली अहिले मध्ये तथा पश्चिमी क्षेत्रमा बढी भएकाले त्यस क्षेत्रमा अहिले पनि पानी परिरहेको उहाँले बताउनुभयो ।
मनसून पूर्ण रुपमा गइनसकेकोले अझै केही दिन हल्का सामान्य वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । हिजोआज पूर्वमा भन्दा मनसुनको प्रभाव पश्चिमका तराइ क्षेत्रमा बढी छ । मनसुन सकिने समय भए पनि यो वर्ष ढिलो गरी मनसुन सुरु भएकाले वर्षा लम्बिएको हो ।
सामान्यतय नेपालमा जुन १० बाट मनसुन सुरु भई सेप्टेम्बर २३ मा हट्छ, तर यो वर्ष केही ढिला गरी मनसुन सुरु भएको थियो ।