फेरी खुल्यो बसको टिकट बुकिङ, यस्तो छ ब्यबसायी र सरकार विचको सहमति ?

असोज १७, काठमाडौं – आज देखि दशैँको टिकट फेरी खुलेको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको बैठकमा आजदेखि बुकिङ खुलाउन र घर जान चाहने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन व्यवसायीहरु सहमत भएका थिए ।
रूट, परमिट, सिट क्षमताभन्दा बढि यात्रु राख्न नपनउने , देशभरका सडकको अवस्था लगायत विभिन्न माग तथा सर्त राख्र्दै आएको यतायात व्यवसायीहरु र सरकारबीच  विभिन्न चरणाको वार्ता पश्चात दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्‍याउन  सहमत भएका  हुन् ।

सरकारसंग आफ्ना मागहरु केहि नमिलेकाले यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् भने असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको दाबी गरेका थिए । जसका कारण दशैंमा घर जान चाहने झण्डै ७ लाख मानिस टिकटबिहीन बनेका थिए ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत यातायत व्यवसायी राष्ट्रिय महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघका का.वा अध्यक्ष दोलनाथ खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ । महासंघले सरल तरिकाले सवारीसाधनको व्यवस्था गर्न, यात्रुहरुलाई  सहजरुपमा गन्तव्यमा पु¥याउनका लागि देशभरका सम्पूर्ण व्यवसायी, संघ , समिति, प्रा.लि. हरुलाई व्यवस्थित रुपमा यातायात सञ्चालन गरि सबै यात्रुहरुलाई गन्तव्यस्म पु¥याउन समेत विज्ञप्तिद्वारा निर्देशित गरेकोे छ ।