‘ बिपी राजमार्गमा ठूला सवारी साधन चलाउन रूट परमिट दिएको छैन’

असोज १७, काठमाडौं – भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले बिपी राजमार्गमा ठूला प्रकृतिका सवारी साधन चलाउन सरकारले रूट परमिट नदिएको प्रस्ट पारेका छन्।

मन्त्री लेखकले १८ सिट क्षमता भएका माइक्रो चल्ने बिपी राजमार्गमा सरकारले ठूला सवारीलाई समेत रूट परमिट दिएको भन्ने आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको बताए।

“नेपालीको महान् चाड दसैँ, तिहारलाई लक्षित गरी कुनै पनि यात्रुले सास्ती खेप्नु नपरोस् भनेर दैनिक चलिरहने भन्दा बढी गाडी थप्ने र थप व्यवस्थित गर्ने काम गरिएको छ”– उनले भने  । यात्रुको सुविधाका लागि आवश्यक परे सरकारले अन्य विकल्पसमेत अघि सार्ने मन्त्री लेखकको भनाइ छ ।