उत्तम थापा मगरको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ-  संगीत प्रभाकर (गोल्ड मेडलिस्ट) गायक उत्तम थापा मगरले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत तथा आवाजमा ‘आखाँ भरि भरि’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । गीतमा संगीत संयोजन संजिव सुब्बाको रहेको छ ।

00333

निर्देशक सोनम पाख्रिनको निर्देशनमा उक्त भिडियोमा सुदित र खुशी फिचरिंग छन् । अमृत सुनुवारले छायांकन गरेको यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

लामो समयदेखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका गायक उत्तमले अहिलेसम्म तीन वटा एल्बम बजारमा ल्याइसकेका छन् । उनले दर्शकश्रोतामाँझ ‘बिदेशियका साथीहरुलाई’, ‘मै काले’, ‘मैच्यांगको गालैमा’, शिरमा मेरो ढाकाटोपी’, ‘तिम्रो साथ’ लगायतका चर्चित गीतहरु पस्किसकेका छन् । गायक उत्तमले उनको चौथो एल्बम चाडै नै बजारमा ल्याउने पनि बताए ।

हेर्नुस् भिडियो