कर नै तिर्दैनन् व्यापारिक मल

असोज ६, काठमाडौं-  व्यापारिक प्रायोजनका लागि निर्माण गरिएका भवनहरूले सरकारलाई नियमित कर नतिरेको पाइउको छ।काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूले नियमित रूपमा कर नतिरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घरजग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वार्षिक रूपमानै तिर्नुपर्ने प्रावधान रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

खाद्यसंस्थानकफ जग्गामा रहेको कंचनगंघा टावर, विश्वविद्यालयको जग्गामा रहेको युनाइटेड वर्ड ट्रेड सेन्टर, नेशनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसीसद्वारा नवनिर्मित दुईवटा भवन, सिविल मल र काठमाडौंमलले नियमित कर नतिरेको महानगरपालिकाले बताएको छ।